चीनद्वारा पाकिस्तानलाई चिनियाँ खोप प्रयोग गर्न दबाब

इस्लामावाद । पाकिस्तानमा चीनले अनुदानमा खोप उपलब्ध गराइएपछि खोप अभियान थालिएको हो । विश्वभर चिनियाँ खोपमाथि आशंका उब्जिरहेका समयमा पाकिस्तानमा खोप लगाउन सुरु भएपछि स्थानीयहरुले पनि आशंका व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री इमरान खानले कोभिड-१९ खोपको खरिदलाई द्रुत तुल्याउने चिनियाँ निर्देशन पालना गरेपछि पाकिस्तान दुविधामा उत्पन्न भएको हो । चीन सरकारले पाकिस्तानलाई चिनियाँ खोप प्रयोग गर्न दबाब दिएको थियो ।
भारतले छिमेकी मुलुकहरुमा विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएपछि आत्तिएको चीनले छिमेकी मुलुकहरुलाई आफ्नो खोप प्रयोग गर्न दबाब दिइरहेको छ ।
दक्षिण एसियामा चिनियाँ खोप प्रयोग भइरहेको मुलुक पाकिस्तानमात्रै रहेको छ । जसका कारण पाकिस्तानी नागरिकहरुमा आशंका उत्पन्न भइरहेको छ ।
बंगलादेश जस्तो छिमेकमा अन्य देशहरू जस्तो पाकिस्तानले विदेशी खोप निर्माताहरूसँग कुनै खोप आयातका लागि आग्रह गरेको छैन । पाकिस्तानले आफैं पनि खोप उत्पादन गरेको छैन ।
पाकिस्तानले महँगोमा चिनियाँ खोप प्रयोग गरिरहेको छ । तर, चीनले पाकिस्तानलाई यस खोपको प्रभावकारितासम्बन्धी परीक्षण नतिजाहरु उपलब्धसमेत गराएको छैन । पाकिस्तान सरकारले खोप लगाउन निर्देशन दिए पनि नागरिकहरु भने खोप लगाउन डराइरहेका छन् ।
पाकिस्तानमा खोप लगाउनेहरुको संख्या निकै कम रहेको देखिन्छ ।मिडियाडाबलि
