चन्द्रौटा महोत्सवमा ऐतिहासिक,पर्यटकिय तथा चर्चित धर्मीक स्थलको प्रर्दशनी

सेयर गर्नुहोस

सनिउल्ला धोबी, कपिवलस्तु मंसीर ४
क्पिलवस्तुको चन्द्रौटामा जारी महोत्सवमा ऐतिहासिक,पर्यटकिय तथा चर्चितधर्मीक स्थलको प्रर्दशनी गरीएको छ । कपिलवस्तुको प्रवित्र स्थल शिवगढी, शोनवागढ, जमिया सिराजुल मदरशा, कर्णेश्वरी मन्दिर, दुर्गा मन्दिरको प्रचार प्रसारको लागि चन्द्रौटा महोत्सवमा स्टल नै राखिएको छ । मंसीर २ गते देखी सुरु भएको महोत्सवमा यसका विभिन्न धर्मील स्थलको मठ,मन्दीर मस्जीदको तस्वीर राखीएको छ ।

saniulla dhobi

सबै भन्दा ऐतिहासिक शोनवागढ मन्दिर महोत्सवमा अर्कषणको केन्द्र समेत बनेको छ । शिवगढी, शोनवागढ, जमिया सिराजुल मदरशा, कर्णेश्वरी मन्दिर, दुर्गा मन्दिरकोे प्रबर्धन र संरक्षण गर्नका लागि अयोजकले स्टल नै राखेको छ । हरेक व्यानरमा मठ, मन्दिरको तस्वीर समेत छापेको छ ।
महोत्सवमा स्टेजको साइडमा रहेको स्टलमा शोनवागढको बृहत फोटो समेत राखी शोनवागढको इतिहास लगायतका बारेमा शोनवागढको चिनारी उल्लेख गरिएको छ । मंसीर २ गते देखी सुरु भएको महोत्सव १२ गते सम्म चल्नेछ ।
महोत्सव अयोजक व्यापार सघं कपिलवस्तुले शोनवागढको विकास तथा प्रचार, प्रसाद गर्नका लागि रु ३ लाख समेत दिने आप्नो योजनामा राखेको छ ।
शोनवागढ मन्दिरमा आफुले सच्चा मनले मागेको भाकल शोवागढ माईले पुरा गरी दिने विस्वास रहेको छ ।
शोनवागढम बुद्ध कलिन ऐतिहासिक बस्तुहरु समेत फेला परेका छन । चन्द्रौटा तेस्रो कृषी पर्यटन तथा व्यापार महोत्सवमा शोनवागढ मन्दिरको प्रचार प्रसार र प्रर्बद्धन गरेको अयोजकले राम्रो कार्य गरेको शोनवागढ मन्दिर संरक्षण समितिका अध्यक्ष राजु खरालले बताउनु भयो ।
शोनवागढ मन्दिर कपिलवस्तुको शिवराज नगरपालिका २ भितारिया भन्ने गाउको उत्तर जंगलमा पर्छ । भितारिया चन्द्रौटा देखी करिब ८ किलोमिटरको दुरीमा रहेको छ । शोनवागढ जाना तिन वाट नदि तर्नु पर्छ । शोनवागढ मन्दिरमा पुरानोको ऐतिहासिक ढुङगा, कलात्मक पत्थरहरु समेत रहेका छन । बुद्ध कलिन इटा समेत मन्दिरको परिषरमा देख्न सकिन्छ ।

Facebook Comments Box