९ असार २०८१, शनिबार

कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुईको मृत्यु, ५ घाइते

url

सनिउल्ला धोबी,चन्द्रौटा कपिलवस्तु मंसिर ४
कपिलवस्तुको वाणंगगामा १० मा सवारी दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन । दाङबाट बुटवल तर्फ जांदै गरेको ना ४ ख ७८९६ नम्बरको बस विपरित दिशाबाट आइरहेको म १ च ३९६ नम्बरको एम्बुलेन्ससंग राती करिब ३ बजे ठोक्किएको हो ।

दुर्घटनामा परी कञ्चनपुर २२ बस्ने ५५ वर्षीय सुव्वा राना र सोहि ठाउंका ६० वर्षीय मदिया रानाको लम्बिनि अञ्चल अस्पताल बुटवलमा उपचार क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै घाइतेहरुको लुम्बिनि अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज भैरहवामा रिफर गरिएको प्रहरीले जानएको छ ।
सडकमा विग्रिएर रोकिराखेको गाडीलाई वास्ता नगरि बसले ओभरट्याक गर्दा सो दुर्घटना भएको हुन सक्ने र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक विष्णु पोख्रेलले बताउनुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट