१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य मन्त्री त्रिपाठी काे कपिलवस्तु भ्रमण, तेस्रो चरणमा ५५ बर्ष माथिका नागरिकलाई खाेप लाग्ने

कपिलवस्तु ।
कोरोना विरुद्धको खोप तेस्रो चरणमा ५५ बर्ष माथिका नागरिकलाई लगाइने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताउनु भएको छ ।
कपिलवस्तु भ्रमणक्रममा एक कार्यक्रमका बीच उहाँले तेस्राे चरणमा ५५ बर्ष माथीका नागरिकहरुलाई फागुन २३ गतेबाट खोप लगाउने र सबै खोप केन्द्रबाट खोप लगाउन सकिने बताउनु भयो ।

व्यापार संघ कपिलवस्तुको आयोजनामा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले स्थानिय तहहरुले नाम संकलन गरी केन्द्रमा पठाउन अनुरोध गर्नु भयो ।
नेपाल कोरोना नत घटेको नत हटेको बताउदै मन्त्री त्रिपाठीले विश्वका अन्य देशमा कोरोनाको तेस्रो लहर चल्दै गर्दा नेपाल कोरोनाको महामारी केहि कम भएको र मृत्युदर पनि कमि रहेको बताउनु भयो ।

सिमित देशले सिमित खोप पाइरहेको अवस्थामा भारत सरकार प्राथमिकतामा नेपालले सहजै खोप पाइरहेको उहाँले बताउनु भयो । कोरोनाको जोखिम भने अझै कायम नै रहि रहेकोले स्वास्थ मापदण्ड अझै अपनाइरहनु पर्नेमा उहाँले जोड दिनु भयो ।
मन्त्री त्रिपाठीकाे स्वागतमा पुर्व राज्यमन्त्री इश्वरदयाल मिश्रले आफ्नै निवासमा कार्यकर्ता भेटघाट कार्यक्रम राखेका थिए साथै उनी कुशहवा स्वास्थ्य चाैकी लगायतकाे निरिक्षण समेत गरेका थिए । मन्त्री त्रिपाठी स्वतन्त्र समुहबाट निर्वाचित भइ केपी ओली नेतृत्वकाे सरकारमा स्वास्थ्य मन्त्री बनेपछि भारतबाट अनुदानमा पहिलाे पटक २० लाख काराेना खाेप प्राथमिकताका साथ पठाएकाे थियाे पछि १० लाख खाेप नेपाल सरकारले अाफै किनिसकेकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट