१४ बैशाख २०८१, शुक्रबार

कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आज पश्चिम नवलपरासीमा २ सय २९ जनालाई खोप लगाइयो

 

उर्मिला यादव फागुन ८

कोरोना भाईरस कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत पश्चिम नवलपरासीमा लक्ष्यभन्दा बढीलाई खोप लगाईएको छ । आज शनिबार लक्षीत वर्गका २ सय २९ जनालाई खोप लगाईए सगँै हालसम्म जिल्लामा तीन हजार तीन सय ८९ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयोे ।

दोस्रो चरणमा ३ हजार ३४ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा शुक्रबार नै लक्ष्यभन्दा बढीलाई खोप लगाउन सफल भएको पोखरेलले बताउनुभयो । आज शनिबार पृथ्वी चन्द्र जिल्ला अस्पतालमा एक सय जना , बर्दघाटको चिसापानी अस्पतालमा १ सय २९ जनालाई खोप लगाईएको छ ।

स्थानिय तहका प्रमुख सहित पत्रकार, सरकारी कार्यालयका प्रमुख, कर्मचारी लगाएतले खोप लगाईरहेका छन् । यसअघि पहिलो चरणमा जिल्लामा ११ सय ५२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको थियो । लक्ष्य पुरा भएपनि लक्ष्य निर्धारण गरीएकोले नेपाल सरकारको नियम अनुसार भोली आइताबार र पर्सि सोमबार पनि थप गर्ने भएकोले तोकिएकै स्थानमा लक्षित बर्गलाई बिहान १० बजे देखि साझ ५ बजे सम्म खोप लगाईने निमित्त प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट