६ जेष्ठ २०८१, आईतवार

नेपाली बजारमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्याप्पी

कपिलवस्तु , चैत्र २६ । जिल्लाकाे सिमावर्ती बजार लगायत महेन्द्र राजमार्गका चाैक-बजारमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्यापी बिक्रि भईरहेका छन ।
आज कृष्णनगर भन्सारका अधिकृत लेखनाथ भट्टराईकाे नेतृत्वमा सशस्त्र प्रहरी कृष्णनगरसंगै खटेकाे बजार अनुगमन टाेलीले बहादुरगंज चाैकबाट लगभग ५५ हजार बराबरकाे ८२२ वटा अवैध भारतीय काेल्डड्रिंक्स बरामद गरेकाे छ ।
केही दिनदेखि गर्मी बढेसंगै कपिलवस्तु जिल्लाकाे मर्यादपुर, हर्दाैना, कुशहवा बढ्नी, भिल्मि, कृष्णनगर , सिर्सिहवा लगायतका खुला नाका हुँदै अवैध भारतीय काेल्डड्रिंक्स नेपालमा भित्रिदै आएकाे स्राेतले जनाएको छ । गृहमन्त्री रवि लामिछाने बनेपछि ठुला स्केलका तस्करी न्युनीकरण भएकाे छ तर खुला सिमानाका कारण खुद्रा तस्करहरु माैलाउदै गएपछि सुरक्षा निकायकाे टाउकाे दुखाइ बनेकाे छ ।

धेरै कमेन्ट गरिएका