८ जेष्ठ २०८१, मंगलवार

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

धुलिखेल : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन्। नजिकको सामुदायिक वनबाट फैलिएको आगोले घर जलेका हुन्।

आगलागीबाट १५ घरबाहेक १० गोठ जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन्।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट