२५ मंसिर २०८१, मंगलवार

नागरिक आराेग्य केन्द्रद्वारा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न

कृष्णनगर । नागरिक आयुर्वेद केन्द्रकाे सहकार्यमा कृष्णननगरमा जेष्ठ नागरिक स्वास्थ परीक्षण तथा ओैषधि वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
कृष्णनगर नगरपालिका वडा नं २ काे आयाेजना तथा नागरिक आराेग्य केन्द्र कृष्णनगरकाे सहकार्यमा विभित्र प्रकारका राेगहरुकाे चेकजाँच गरि निशुल्क ओैषधि वितरण गरिएकाे थियाे ।
वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता एवं कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह प्रमुख अतिथ्यतामा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरले जिल्लाकाा आयुर्वेद चिकित्सक टीमका सहयाेगमा कृष्णनगर मुख्य बजार लक्षित जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको कविराज नागेश्वर मिश्रले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप शाहले आयुर्वेद पद्धतिबाट स्वास्थ्य उपचारप्रति दिनप्रतिदिन चासाे बढ्दै गएकाले राज्यले थप लगानी गर्नुपर्ने बताउनु भएकाे थियाे । नगरप्रमुख शाहले आराेग्य केन्द्रलाई बर्सेनि विभिन्न शीर्षकमा बजेट विनियाेजन गरिरहेका छाैं । नगरभित्रकाे स्वास्थ्य , शिक्षा, कृषि, सडक पुर्वाधार क्षेत्रको विकासमा आफू लागि परेको बताए।
कार्यक्रममा बोल्दै वडाध्यक्ष गुप्ताले कृष्णनगरमा जेष्ठ नागरिकको स्वास्थ्य प्रति आफू सचेत रहेको बताउदै आगामी दिनमा समेत थप यस्तै कार्यक्रम लाउने बताए।

कपिलवस्तु आयुर्वेद प्रमुख डॉ नलिन नाथ तिवारी, डॉ आशीष चौधरी बरिष्ठ कबीराज हरीलाल उपाध्याय , अन्जु श्रीवास्तव लगायत को चिकित्शीय टीम द्वारा रक्त जाच सहित को स्वस्थपरीक्षण तथा औषधि वितरण गरिएको थियो।
कार्यक्रममा वडा सदस्य नारायण कनोडिया ,रेनु शर्मा, राहुल मोदनवाल लगायतकाे उपस्थित रहेको थियो।

धेरै कमेन्ट गरिएका