नेपाल-भारत अवध मैत्री समाजद्वारा हाेलि मिलन समाराेह भाेलि

सेयर गर्नुहोस

कपिलवस्तु , चैत्र २० । नेपाल-भारत अवध मैत्री समाजकाे आयाेजनामा हाेलि मिलन समाराेह एवं सांस्कृतिक कार्यक्रम भाेलि हुने भएकाे छ।
मथुरा ,वृन्दावन, बृज, काशी , आयाेध्या लगायतकाे अवध संस्कृतिक क्षेत्रमा मनाइने हाेलीकाे महत्व एवं रितिरिवाजकाे आदानप्रदान एवं दुवै देशकाे सांस्कृतिक बिकासमा टेवा पुर्याउने उद्देश्यले हाेली मिलन समाराेह २०८० मनाउन लागिएकाे पत्रकार सम्मेलनका माध्यमबाट आयाेजक समितिले जानकारी गराएकाे छ ।
नेपाल-भारत लगायत हिन्दु धर्मवालम्बी बसाेबास गरेका देशहरुमा विभित्र तरिकाले हाेली मनाउने गरेका छन । साे ही अवसरमा चैत्र २१ गतेका दिन नेपाल र भारतका सांस्कृतिक कलाकारहरुकाे बेजाेड प्रस्तुतिका साथ प्रथम हाेली मिलन समाराेह आयाेजना गरिएकाे नेपाल-भारत अवध मैत्री समाजका केन्द्रीय अध्यक्ष पुर्व राज्यमन्त्री इश्वरदयाल मिश्रले बताउनुभयाे ।

कृष्णनगर नगरपालिका वडा ६ काे जनता माध्यमिक विद्यालय कर्माकाे प्रांगणमा गरिने साे कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक सेरचन, भारतीय दुतावास विरगंजका काउन्सलर डिएस मिणा लगायतका पदाधिकारी , नेता एवं समाजसेवीका साथै पुर्व मन्त्री ,सांसद एवं स्थानीय जनप्रतिनिधिसमेतकाे उपस्थिति रहने आयाेजक समितिले बताएको छ ।

आयाेजक समितिका तर्फबाट पुर्व राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे , कांग्रेश महाधिवेशन प्रतिनिधि दीपक शुक्ला, नेता रविदत्त मिश्र , राशिद मिर्जा , कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति अध्यक्ष गंगेशनाथ तिवारी पुर्वप्रधान सचिदानन्द शुक्ला , देवानन्द शुक्लालगायतका स्थानीय जनप्रतिनिधिले सामुहिकरुपमा अवध संस्कृतिलाई संरक्षण गर्नका लागि कार्यक्रमलाई भव्य, सभ्य एवं सफल बनाउन आज पत्रकार सम्मेलनबाटै सम्पूर्ण सराेकारवाला , जनप्रतिनिधि , संघसंस्था, सर्वसाधारण तथा संचारकर्मीहरुलाई अनुराेध गरेका हुन ।

Facebook Comments Box