टेम्पोमा यात्रा गर्दै गरेकी भेटिइन् पूर्वशिक्षामन्त्री विद्या भट्टराई
काठमाडौं : शिक्षक आन्दोलनका कारण मन्त्री पदबाट राजीनामा दिएकी पूर्वशिक्षामन्त्री तथा सांसद विद्या भट्टराई टेम्पोमा भेटिएकी छिन्।
एमालेकै अर्का सांसद तारा लामा तामाङले उनको उक्त तस्वीर सार्वजनिक गरेका हुन्। आफू पठाओ कुरिरहेका वेला भट्टराई घर फर्कने क्रममा उक्त दृश्य देखेपछि तस्वीर लिएको उनले बताएका छन्।
‘प्रतिनिधिसभा २०७९, छैठाैँ अधिवेशनको पहिले दिन (२०८२/१/१२) को बैठक सकिएपछि संसद भवनको ३ नम्बर गेट बानेश्वरमा म डेरा जानका लागि पठाओको पर्खाइमा थिएँ’, तस्वीर सेयर गर्दै लामाले लेखेका छन्, ‘निवर्तमान मन्त्री विद्या भट्टराई ज्यू संसद बैठकपश्चात् निवासतिर प्रस्थान गर्ने क्रममा ट्याम्पाेमा चढ्दै गरेको देखेँ र मैले लिएका उहाँका केही फोटा मन परेकाले पोष्ट गरेँ है।’
यद्यपि उनले स्वास्थको कारण देखाउँदै राजीनामा दिएकी थिइन्। थाहा खबर
Facebook Comments Box
