सरकारले बाटो बिरायो, नतिजा सडकमा छः कार्यवाहक सभापति अर्याल

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्यको बिर्सिएको आरोप लगाएका छन्।

आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन्। उनले सरकारको तर्फबाट अहिले नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री (रघुजी पन्त) आएको र शिक्षकहरूृको माग पूरा गर्न पहल गर्नेमा विश्वस्त रहेको बताए।

उनले शिक्षकहरूले यति लामो दिनसम्म आन्दोलनमा रहनु राम्रो नभएको बताए। उनले शिक्षकहरू यति लामो समयसम्म आन्दोलनमा रहनु सरकारको अकर्मण्यता भएको जिकिर गरे। यो सरकारले बाटो बिराएको नतिजा भएको बताए।

उनले शिक्षा ऐनमा आफ्नो पार्टीको तर्फबाट सांसदहरूले १ सय ३१ वटा संशोधन हालेको जानकारी गराए। थाहा खबर

Facebook Comments Box