मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे कार्यालय संचालनमा

सेयर गर्नुहोस


जनकपुरधाम : प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय संचालनमा ल्याएको छ ।
जनकपुरस्थित प्रादेशिक अस्पताल परिसरमै मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले कार्यालय उद्घाटन गरे । मुख्मयन्त्री राउतले जनकपुरमै सबै रोगको उपचार गराउने प्रदेश २ का जनताको वर्षौदेखिको चाहना अब पुरा हुने बताए ।
उनले प्रतिष्ठानका लागि प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको विश्वास दिलाए । उनले प्रतिष्ठान प्रदेशकै गौरबको योजना रहेको बताए ।
सामाजिक विकास मन्त्री नवलकिशोर साहले पहिले यहाँ सबै रोगको उपचार र सबै तहको पढाई हुने उदेश्यले प्रतिष्ठान गठन गरेको बताए ।
उनले अब प्रदेश २ का जनताले जुनसुकै रोगको उपचार गराउन पनि बाहिर जानु नपर्ने विश्वास व्यक्त गरे ।
सात वटै प्रदेशमा २ नम्बर प्रदेशमा जनता समाजबादी पार्टीकाे सरकार रहेकाले प्रदेश प्रहरी, लाेक सेवा आयाेग लगायतका नीति नियम निर्माण तथा मधेशी, थारु ,दलित र मुस्लिम समुदायकाे हकहितमा धेरै कार्य गरिसकेका र अझपनि केही याेजनाहरु प्रक्रियामा रहेकाे प्रेस मञ्च नेपालका उपाध्यक्ष बिन्द किशाेर साहले बताउनुभयाे ।

Facebook Comments Box