महानगरको विकास निर्माण रेगुलर बिजनेस हो : चिरिबाबु
काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरको विकास कसैले रोकेर नरोकिने बताएका छन्।
२०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले यस्तो बताएका हुन्।। उनले ललितपुर महानगरको विकास निर्माण रेगुलर बिजनेस भएको जिकिर गरे।
उनले आपत् विपद् आउँदा अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्ने बताए। नेपालमा रहेका २ सय ९३ वटा पालिकाहरूमध्ये विपद्को व्यवस्थापन र विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरूमा ललितपुर महानगरपालिका अब्बल रहेको दाबी गरे।
यसको आधार महानगरपालिकाले एकै छानामुनि विपद्को व्यवस्थापन गरेको दाबी गरे। कुनैपनि घटना हुनासाथ उद्धारका लागि चुस्तदुरूस्तका साथ अघि बढेको उनको भनाइ छ।
प्रमुख महर्जनले ट्राफिक जाममा अल्झिनु नपरेको अवस्थामा महानगरपालिकाबाट दिनुपर्ने सेवा ४ मिनेटभित्रमा दिइसक्ने दाबी गरे। थाहा खबर
