विद्यार्थीहरू देशका भविष्य हुन: कनोडिया

सेयर गर्नुहोस

कमलेश चन्द्र गुप्ता

कपिलवस्तु | ४ फाल्गुन
लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता बिरेन्द्र कनोडियाले विद्यार्थीहरू देशका भविष्य हुन बताउनु भएको छ।
जनता माध्यमिक विद्यालय कृष्णनगर वार्ड ६ करमा द्वारा सरस्वती पूजाको उपलक्ष्यमा आयोजित संस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै नेता कनोडियाले यस्तो बताउनु भएको हो। वहाँले बालबालिकाहरू माथि देश, समाज र परिवारको भविष्य ठीकेको बताउनु भयो। आज यो विद्यालयमा पढ़ने बालबालिकाहरूले भोली को दिनमा आफ्नो देश र समाजको नेतृत्व गर्दछन उनले भनु भयो। यही बालबालिकाहरू भविष्यमा नेता, सीडीओ,प्रहरी प्रशासन, प्रधनाध्यपक, अध्यापक, गायक, अभिनेता बंनने र आफ्नो परिवारको सुख समृद्धिमा अहम भूमिका हुने उनले बताउनु भयो। शिक्षा क्षेत्रमा अफुलाई हुने सम्म सहयोग गर्ने बताउनु भयो साथै विद्यार्थीहरू सोशल साइन्सलाई सही तरीकाले सदउपयोग गरी आधुनिक पद्धातीले शिक्षा हासिल गर्ने उनले भन्नु भयो।

संस्कृति कार्यक्रमले विद्यार्थीहरूको क्षमतामा बृद्धि हुने कार्यक्रमका बरिष्ठ अतिथि बरहमनन्द उपाध्यायले बताउनु भएको छ। विद्यार्थी भित्र रहेको उत्साह र कलालाई बहिरा लाउने माध्यम संस्कृति कार्यक्रम रहेको उनले बताउनु भयो।
यसैको सहायताले विद्यार्थीहरू अफु भित्र रहेको कला उत्साहलाई समाज बीच बहिरा लाउने गर्दछन उनले भन्नु भयो।

संस्कृति कार्यक्रमले विद्यार्थीहरूको हौसला र मनोबल बढाउछ भने कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सचितानन्द शुक्लाले बताउनु भएको छ। यसैको माध्यमले विद्यार्थी भित्र रहेको डर भय अन्त हुने र विद्यार्थीहरू हौसला र मनोबल बढने उनले बताए।

उक्त कार्यक्रममा ३० जना बाल कलाकार (विद्यार्थी) हरू अभिनय गरेको प्रधनाध्यपक कुदुस मुसलमानले जनकारी गराउनु भएको छ। बाल कलाकारहरूले नाटक, नृत्य, संस्कृति नृत्य, अवधी गीतमा अभिनय गरेको उनले बताए। कार्यक्रम संचलन बिरबहादुर मौर्याले गर्नु भएको थियो।

Facebook Comments Box