प्रगतिशील प्राध्यापक सङ्गठनको अध्यक्षमा पद्मप्रसाद खतिवडा

सेयर गर्नुहोस

काठमाडौं : नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा सह प्राडा पद्मप्रसाद खतिवडा निर्वाचित भएका छन्।

काठमाडौंमा सम्पन्न संगठनको ११औं राष्ट्रिय सम्मेलनले खतिडालाई अध्यक्षमा चयन गरेको हो। सम्मेलनबाट उपाध्यक्षहरूमा वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट चयन भए। यसैगरी, उपाध्यक्षहरुमा नरेन्द्र कोइराला, भरत राई, तेज बिक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी र महिला उपाध्यक्षमा माया घिमिरे निर्वाचित भए।

त्यस्तै, महासचिवमा सह प्राडा सुमन खरेल निर्वाचित हुँदा उप–महासचिवहरुमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र देवराज आर्याल चयन भए।

यसैगरी सचिवहरुमा कोशी प्रदेशबाट होम बहादुर बस्नेत, मधेश प्रदेशबाट किशोर साह, बागमती प्रदेशबाट छवी बराल, गण्डकी प्रदेशबाट श्रीकान्त खतिवडा, लम्बिनी प्रदेशबाट भुवनेश्वर लामिछाने, कर्णालीबाट विष्णु कुमार खड्का र सुदूरपश्चिमबाट कृष्ण सिंह साउद निर्वाचित भए।

यसैगरी कोषाध्यक्षमा कृष्ण ओझा र सह–कोषाध्यक्षमा चन्द्र बदना राई चयन भएका छन्। सम्मेलनले अनुशासन आयोग अध्यक्षमा बाबुराम चापागाईँ र सचिवमा मिन प्रसाद अधिकारी चयन गरेको छ। थाहा खबर

Facebook Comments Box