१५ चैत्र २०८०, बिहीबार

मड्रिड डर्बीः रियललाई चोटले सतायो

madrid

४ मंसिर, काठमाडौं । रियल मडि्रडका करिम बेन्जिमा र सर्जिओ रामोस शनिबारको मड्रिड डर्बीमा खेल्न सक्ने भएका छन् । तर, लिग लिडर रियल मड्रिडलाई चोटले सताएको छ ।

रियल मडि्रडका डिफेण्डर पेपे, मिडफिल्डर कासिमेरो र टोनी क्रुज तथा स्ट्राइकर अल्भारो मोराटाले मडि्रड डर्बी गुमाउने छन् ।

एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानमा पनि फ्रान्सका लागि खेल्ने क्रममा घाइते भएका थिए । तर, डर्बीमा खेल्ने सम्भावना बढेको छ ।

युरोपियन च्याम्पियन रियल मडि्रड ला लिगाको शीर्ष स्थानमा छ भने एथ्लेटिको मडि्रड ६ अंक पछाडि छ । दुबै टोलीका लागि मड्रिड डर्बीको जित महत्वपूर्ण मानिएको छ ।

रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदान भन्छन्, मानिसहरु समर्थक र टिमको बीचमा रहेको घिणाको कुरा गर्छन् । तर, यो डर्बी शानदार हुनेछ र, मलाई आश छ, हामीले सुन्दर फुटबल खेल्नेछौं ।’

धेरै कमेन्ट गरिएका