प्रधानमन्त्रीसँग ‘मेरो डान्स/भाेइस युनिभर्स’का प्रतियोगीहरूको भेट

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स यूनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरूले भेट गरेका छन्। विश्वभर रहेका नेपाली मूलका कलाकार मध्येबाट २३ मुलुकबाट छानिएका कलाकारसँग प्रधानमन्त्री ओलीले उनीहरूकाे प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुभेच्छासहित आइतबार भेट गरेका हुन्।

इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए। विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीहरूमा रहने जेनेटिक मेमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, यूएई, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, जापान, म्यानमा, पोर्चुगल, मलेसिया, थाइल्याण्डलगायतका नेपाली मूलका प्रतियोगीहरूको सहभागिता रहेको इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए। थाहा खबर

Facebook Comments Box