सानालाई तर्साउदै ठुलालाई जाेगाउंदै मर्यादपुर प्रहरी , घुमुवा मालामाल

कपिलवस्तु , बैशाख ४ । जिल्लाका दाेस्राे प्रमुुख नाका मर्यादपुर हुदै खुलेआम मालसमान भित्रिने क्रम बढेपनि मर्यादपुर प्रहरी निष्क्रिय बसेकाे छ ।
नियम विपरीत घुमुवा बसेका प्रहरी जवान रमेश कुमार यादवकाे भरमा चलेकाे प्रहरी चाैकी मर्यादपुरका इन्चार्ज सई नारायण शर्मा अहिले तस्कर संरक्षण गर्दै आएका छन । चाैकी नजिकै भन्सार छलि गरि ल्याउने मालसमानकाे गाेदाम बनाई ओसारपसार गर्ने व्यापारीहरुलाई नियन्त्रण गर्न नसकेकाले तस्करीका मालसामान जाेगाउने र समयअनुकुल अन्यत्र पठाउने गिराेहलाई संरक्षण गरेकाे भनी शंकाका घेरामा परेका छन ।
भन्सार नाका चाैकीदेखि केही टाढा रहेकाले दिनहुँ बिना भन्सारका मालसामान रिक्सा, माेटरसाइकलमा जिल्लाकाे डुमरा , इमिलिया, ४ नम्बर , सदरमुकाम ताैलिहवा र बुटवल समेत पुर्याउने गरेपनि सई शर्माले कुनै प्रकारकाे सक्रियता नदेखाएकाले घुमुवा रमेश यादवले सेटिङ्ग मिलाउदै तस्करीलाई प्रसय दिदै आएका छन । सिविलका नाममा खटेका यादव किराना, कपडा, माेटरपार्टस, मलखाद लगायतका मालसामानका तस्करहरुलाई सेटिङ्ग मिलाई माेटाे रकम असुल्दै आएकाे स्राेतले जनाएकाे छ।
घर खर्चका लागि भारतीय बजार खुनुवा , शाेहरतगढबाट लाग्ने सर्वसाधारणकाे मालसामानलाई चेकजाँचका नाममा आनावश्यक दुख दिने तर ठुला व्यापारीहरु चाैकी नजिकैकाे बाटाे हुँदै मालसामान साेझै ओसारपसार गर्दा नसाेध्ने मर्यादपुर प्रहरीकाे व्यावहार शंकास्पद देखिएकाे स्थानीय बताउँछन् ।
चाैकी पछाडिका चाेरबाटाे प्रयाेग गरी अवैध मालसमान तस्करी भई गाेपालपुर राेड हुँदै जिल्लाका विभिन्न बजार लगायत बुटवल , अर्घाखाँचीसम्म पुगेका छन तर सुरक्षाचुनाैतीका विषयसमेत ध्यान नदिदा तस्करिका मालसामानसंगै अवैध व प्रतिवन्धित बस्तुसमेत पुग्ने सम्भावना बढ्ने गरेकाे छ । तस्करीबारे घुमुवा रमेश यादवसंं जानकारी लिन खाेज्दा तिनले पटक पटक फाेन काटेर अटेरीसमेत गर्दै आएका छन ।
