कुवेतविरुद्ध टस जितेको नेपाल फिल्डिङमा
काठमाडौं : नेपालले हङकङमा जारी चार देशीय टी–२० सिरिजको फाइनल खेलमा कुवेतविरुद्ध टस जितेको छ।
फाइनल खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै कुवेतले ब्याटिंग थालेको छ।
शनिबार हङकङविरुद्धको खेल बर्षाले पुरा हुन नसकेपछि दुवैले एक एक अंक बाँडेसँगै नेपाल फाइनलमा पुगेको हो।
नेपाल ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ भने कुवेत ३ खेलमा ४ अंकसहित फाइनलमा पुगेको हो। नेपालले यसअघि लिग चरणमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।
यस अघि आजै सम्पन्न तेस्रो स्थानको खेलमा हङकङले कतारलाई एक रनले पराजित गर्दै तेस्रो भएको छ। थाहा खबर
Facebook Comments Box
