देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
मंगलवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको कार्यक्रममा बोल्दै उनले पछिल्लो दिनमा देशको समग्र विकासमा श्रोतको व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको उल्लेख गरे।
उनले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन आह्वान गरे। उनले लगानीकर्ताहरूलाई लगानीका लागि सरकारले आकर्षित गरिरहेको बताए।
उनले त्यसका लागि सरकारले अध्यादेशहरूमार्फत लगानीको वातावरण सिर्जना गरेको उल्लेख गरे। अध्यादेशहरू अहिले कानुनको रुपमा आइसकेको र कानुनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका मापदण्ड लगायतका डकुमेण्टहरू पनि तयार भइसकेको भन्दै मन्त्रीपरिषद्ले छिट्टै पारित गर्ने बताए।
उपप्रधानमन्त्री पौडेलले सरकार देशमा लगानीमैत्री वातावरण बनाउन अग्रसर रहेको र नेपालमा लगानीको प्रशस्त सम्भावनाहरू रहेको बताए। थाहा खबर
