पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प

सेयर गर्नुहोस

पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। दश किलोमिटर गहिराइमा आएको भूकम्पले सुनामी चेतावनी निम्त्याएको थियो तर त्यसलाई पछि अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रद्वारा घटाइएको थियो।

‘सबै उपलब्ध आँकडाका आधारमा यस भूकम्पबाट सुनामीको खतरा अहिले बितिसकेको छ’, नजिकको निगरानी स्थलमा ‘कुनै सुनामी अवलोकन गरिएको छैन’ भन्दै केन्द्रले भन्यो। भूकम्प स्थानीय समयानुसार बिहान ६ः०४ बजे आएको थियो र नजिकैको प्रमुख सहर किम्बेबाट लगभग एक सय ९४ किलोमिटर दक्षिणपूर्वमा केन्द्रित थियो।

किम्बेको लिआमो रिफ रिसोर्टकी रिसेप्सनिस्ट मारोलिन सिम्बिकेनले अहिलेसम्म उनले कुनै क्षति नदेखेको बताए। ‘हामीले यहाँ भूकम्प महसुस गर्‍यौँ’, उनले भने, ‘तर ठूलो क्षति छैन। यहाँ केही क्षति भएन र कुनै खाली गर्ने आदेश थिएन।’

वालिन्दी प्लान्टेसन रिसोर्टकी कर्मचारी बारबरा आइबिलोले ‘हल्का कम्पन’ को महसुस गरेको बताए। युएसजिएसका अनुसार त्यसपछि समुद्रको उही क्षेत्र नजिकै ४.९ देखि ५.३ सम्मको प्रारम्भिक म्याग्निच्युड भएका केही साना भूकम्पहरू गएका थिए।

पपुआ न्यु गिनीमा भूकम्पहरू सामान्य छन्। यो मुलुक भूकम्पीय ‘रिङ अफ फायर’ (दक्षिणपूर्व एसिया र प्रशान्त बेसिन भर फैलिएको तीव्र टेक्टोनिक गतिविधिको एक अर्क) माथि अवस्थित छ।

तिनीहरूले कम जनसङ्ख्या भएका क्षेत्रहरूमा व्यापक क्षति नपुर्‍याउने भए पनि विनाशकारी पहिरोहरू निम्त्याउन सक्छन्। थाहा खबर

Facebook Comments Box