दमकल हिराे ‘बच्चा’

सेयर गर्नुहोस

कपिलवस्तु आइकन –
उनी हुन राजेन्द्र कुर्मी । शिवराज नगरपालिकाका रियल हिरो , वह हुनुहुन्छ ४० वर्षीय राजेन्द्र कुर्मी पटेल (बच्चा ), शिवराज नगरपालिका का विगत ८ वर्ष देखि कार्यरत वारुणयन्त्र का चालक , सरल , सालिन नम्र स्वभाव का पटेल को कठिन र कठोर कार्य को सुरुवात कति बेला हुन्छ भन्ने थाहा नै हुँदैन , आफ्नाे कार्य प्रति इमान्दारी पूर्वक चाैबिसै घण्टा तयारी अवस्था मा बस्नु हुन्छ , कति बेला फोन को घण्टी बज्छ र हतारिदै साइरन झै आफू पनि दुगुर्दै घटनस्थलमा पुग्नुहुन्छ । उनी कार्य सम्पन्न गरी फर्किनु वहां को दिनचर्या हो। कुनै कुनै बेला त भोक भोकै भएर पनि घटनस्थालमा पुगी कार्य गर्नु पर्ने अवस्था आएको हुन्छ , अहिले तराईमा सुखा हवाहुरी र आगजनी बढी हुने समय भएको ले निरन्तर तयारी अवस्था मा नै बस्नु हुन्छ , आगो लागेको सूचना पाउने बित्तिकै शिवराज नगरपालिका भित्र मात्रै नभएर विजयनगर, कृष्णनगर , महाराजगन्ज , कपिलवस्तु नगरपालिका मा समेत पुग्नु हुन्छ । त्यस्तै अवश्यक परेको बेला जिल्लामा मात्र सीमित नभई छिमेकी दाङ तथा रूपन्देही जिल्ला मा समेत जाने गरेका छन् । धेरै ठाउँ मा आफूले गरेको कार्य देखेर सीडीओ तथा अधिकृतबाट पुरस्कृत पनि भएका छन्, वास्तव मा हेर्दा न्यूनतम पारिश्रमिक र जोखिम बढी कार्य भए त पनि आफ्नाे कार्य बाट सन्तुष्ट रहनु भएका राजेन्द्र पटेल भिन्न सामाजिक कार्य मा पनि उतिकै अग्रसर र सक्रिय रहनु हुन्छ , रक्तदान देखि लिएर सामाजिक जनचेतना मुलक र सरसफाई कार्यमा वह को उपस्थिति भएकै हुन्छ ।
नम्र सालिन व्यवहार बाट जो कसै लाई पनि प्रभावित पार्न सक्ने पटेल आफूले गरेको मेहनत र कार्य को मूल्यांकन न हुँदा दुःख लाग्ने गरेको गुनासो सुनाए , कतिपय अवस्था मा आफूलाई संचो न भएको बेला मा पनि आगजनी भएको स्थल मा सूचना पाउने बित्तिकै पुगे त पनि स्थानीय हरु ले दमकल ढिलो आयो भनेर भन्दै गर्दा मन् खिन्न भएको तीतो अनुभव सुनाउनु भयो । तर जे जस्तो भए त पनि आप्नो कार्य प्रति सधैं तत्पर रहने शिवराज नगर पालिका का मन्द मुस्कानसहितको रियल हिरो हुन राजेन्द्र कुर्मी पटेल (बच्चा दाई ) वह को कार्यप्रति शिवराजनगरपालिका र शिवराज बासीले सधैं सम्मान र नमन् गर्छ । (-जितेन्द्र माैर्य , कपिलवस्तु )

Facebook Comments Box