७ बैशाख २०८१, शुक्रबार

काेराेना विरुद्धकाे खाेप लगाउन शुरु


कपिलवस्तु , माघ १८ ।
जिल्लाकाे कृष्णनगर नगरपालिकामा कोरोना बिरुद्धको खोप स्वास्थ्यकर्मीलाई लगाएर शुरु गरिएकाे छ ।
शिवराज अस्पताल बहादुरगंजमा प्रत्यक्ष सम्पर्कमा रहि कार्य गर्ने स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोभिड १९ कोरोना विरुद्धको खोप आज पहिलो चरणमा लगाउन सुरु भएको डा. मुकेश चाैधरीले बताउनुभयो । काेराेना विरुद्धको काेविशिल्ड भ्याक्सिन लगाइ सकेपछि आफुलाई कुनै खालको लक्षण नदेखिएकोले निसंकाेच भई खोप लगाउन डा.चौधरीले आग्रह गर्नु भएकाे छ । जिल्लामा पहिलो चरणमा ४५ सय कोरोना विरुद्धको खोप आए पनि कृष्णनगरमा २५० जनाकाे लागि मात्र आएकाे डा.चाैधरीले बताउनु भयाे ।
त्यस्तै कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले नेपाल-भारत मित्रताका कारण हामी छिटै नै भ्याक्सिन पाएका छाैं र नेपाल सरकारले सक्रियताका साथ स्वास्थ्यकर्मी परिचालन गरि खाेप अभियानलाई सफल बनाउन लागि परेकाेमा धन्यवाद समेत दिनुभएकाे छ।
कपिलवस्तु जिल्लामा कुल चार ठाउँमा कोरोना विरुद्धको खोप लगाउने व्यवस्था भएको जिल्ला कोरोना फोकल पर्सन उमेश बन्जाडेले बताउनु भयो । जिल्लाको तौलिहवा जिल्ला अस्पताल, पिपरा अस्पताल, शिवराजको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटा र कृष्णनगरकाे बहादुरगंजमा रहेको शिवराज अस्पतालबाट खोप सेवा प्रदान गरिएको बन्जाडेले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट