हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो : सोविता गौतम
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदको हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छन्।
मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीसँग उनले यस्तो आरोप लगाएकी हुन्। उनले रास्वपाको बुझाइमा चुनौतीपूर्ण र नियन्त्रणमुखी रहेको आरोप लगाइन्।
उनले कानून निर्माणका केही प्रक्रियाहरु संसदीय अभ्यासमा स्वभाविक रुपमा अलिकति अगाडि बढेको महशुस आफूहरुले गरेको बताइन्।
उनले रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बन प्रक्रियालाई लिएर नियन्त्रणमुखी महशुस गरेको बताइन्।
‘यो अधिवेशन हाम्रो बुझाइमा अत्यन्तै चुनौतीपूर्ण हामीले देख्यौँ। कानून निर्माणका केही प्रक्रियाहरु संसदीय अभ्यासमा स्वाभाविक रुपमा अलिकति अगाडि बढेको महशुस भयो‚’ उनले भनिन्‚ ‘अन्यथा धेरै विषयहरु अलि नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भए भन्ने बुझाइ छ। हाम्रो पार्टी सभापति रवि लामिछानेमाथिको निलम्बन प्रक्रिया हामीले अलिकति नियन्त्रण महशुस गरिरहेका हौँ। त्यसकारण संसदको गएको अधिवेशन अभ्यासका हिसाबले निकै चुनौतीपूर्ण, नियन्त्रणमुखी भएको महशुस गरेका छौँ।’
उनले नेपालमा सबै विषयवस्तुलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने गरिएकोप्रति आपत्ति पनि जनाइन्। थाहा खबर
