दुःखलाई शक्तिमा परिणत गर्ने राप्रपाको धारणा
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले वरिष्ठ नेता दीपक बोहराप्रति श्रद्धाञ्जलि दिँदै शोकलाई दुःखलाई शक्तिमा बदल्ने बताएका छन्।
मंगलवार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शाहीले यस्तो बताएका हुन्। उनले पार्टीले सामना गरिरहेको वर्तमान परिस्थितिलाई शक्तिमा बदल्ने कोसिस रहने बताए। उनले वरिष्ठ नेता दीपक बोहराप्रति श्रद्धाञ्जलि व्यक्त गदै मुलुकको विकासका लागि गरेको योगदानलाई आत्मसात गर्दै अघि बढ्ने बताए।
शाहीले भने, ‘वरिष्ठ नेता माननीय दीपक बोहराको निधनले पार्टी र समग्र नेताहरू दुःखी र स्तब्ध भएका छौँ। नेपाली राजनीतिमा उहाँले गरेको योगदान र उहाँले सिकाएको बाटो पार्टीले अपनाउनेछ । हाम्रा नेताहरु पनि थुनिएका छन् र हाम्रा वरिष्ठ नेता समेत छोडेर जानु भएको छ। हामी यो दुःखलाई शक्तिमा परिणत गर्ने कोसिस गर्छौं।’
राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारका क्रममा मंगलवार निधन भएको थियो। थाहा खबर
