त्याग र बलिदान गर्ने आदर्श व्यक्ति वा महात्मा राजा हुनुपर्छ : माधव नेपाल
विराटनगर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति वा कुनै महात्मा वा साधु हुनुपर्ने बताएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह उनले नेपालका ठूला व्यापारीमध्ये एक भएको पनि उनले बताए। उनले राजतन्त्रको पुनःस्थापना सम्भावना नरहेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने‚ ‘जोसुकैले पनि मान्छे भेला पार्न सक्छ तर त्यसका मुद्दा समसामयिक छन् कि छैनन्। अहिलेको आवश्यकतासँग मेल खान्छन् कि खाँदैनन् र परिवर्तनको पक्षमा छन् कि छैनन् भन्ने आधारमा विश्लेषण गर्नुपर्छ।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाह उनले नेपालका ठूला व्यापारीमध्ये एक भएको पनि बताए।
उनले राजाको परिभाषा दिँदै भने‚ ‘राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्ने र कुनै महात्मा वा साधु हुनुपर्छ।’
नेपालले रगतको शासन नभएर जनताको मनको शासन हुनुपर्नेमा जोड दिए। उनले संसार अब पुँजीवादी युगमा होइन, समाजवादी युगमा जाने बताए।
राजावादी आन्दोलनलाई ‘ग्रान्ड डिजाइन’ भएको बताउँदै उनले अहिलेका सबै घटनाक्रम त्यसैअन्तर्गत भएको उल्लेख गरे। थाहा खबर
