सहमति हुन नसक्दा फेरि सर्‍यो बागमती प्रदेशसभाको बैठक

सेयर गर्नुहोस

हेटौँडा : बागमती प्रदेशको बैठक सरेको छ। आज दिउँसो १ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक सर्वदलीय बैठकमा सहमति हुन नसक्दा ४ बजेलाई सरेको हो। आज विहानदेखि बसेको प्रदेशसभाका ७ दलको बैठक निष्कर्षविहीन बनेको छ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आह्वान गरेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको विगतको बजेटमाथिको सहमति र पछिल्लो समय भएको सहकारीमन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्या प्रकरणमा छानबिन समिति गठनका विषयमा सहमति जुट्न नसक्दा बैठकमा सहमति हुन नसकेको हो।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालले सरकारले विपक्षी दलहरुलाई बेवास्ता गर्दा सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको बताए।

प्रतिपक्षले विगतका सहमति र केही विषयमा माग गर्दा पनि सरकार त्यसमा जिम्मेवार बन्न नसकेको उनको भनाई छ।

विगतमा भएको बजेटमाथिको सहमति कार्यान्वयन र सहकारीमन्त्री श्रेष्ठको स्वकीयको छानबिन समिति गठनका विषयमा उठान भएको उनले बताए।

सरकारले उचित जवाफ नदिँदा आजको आजको बैठक सहमति जुट्न नसकेको उनले बताए। सरकारको प्रतिबद्धतासहितको जवाफ नआए संसद अवरुद्ध गर्ने चेतावनी उनले दिएका छन् । थाहा खबर

Facebook Comments Box