कुलमानबारे प्रधानमन्त्रीलाई रास्वपाको प्रतिप्रश्न : कर्मचारी मन्त्रीमाथि लोयल हुने कि देशप्रति?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङको बर्खास्तीबारे दिएको जवाफप्रति आपत्ति जनाएको छ।
सोमबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीप्रति लोयल नभएकाले विद्युत् प्राधिकरण प्रमुखबाट घिसिङलाई हटाइएको आशय व्यक्त गरेका दिए।
प्रधानमन्त्रीको त्यही अभिव्यक्तिमा संसद्मै रास्वपा सांसद मनिष झाले आपत्ति जनाएका हुन्। ‘प्रधानमन्त्रीले एउटा कुरा भनेर जानुभयो। मन्त्रीप्रति लोयल भएन अनि सरुवा गरियो रे!’, उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति? मन्त्रीका चाप्लुसी गर्न कोही कर्मचारी हुन्छ?’
सांसद झाले कर्मचारी राज्य र उसको संस्थाको लक्ष्य प्राप्तिका लागि लोयल हुनुपर्ने बताए। त्यस्तै व्यक्तिलाई सरकारले हटाएको भन्दै उनले आफूहरूका लागि त्यो अमान्ने हुने बताए।
‘राज्य, राज्यले तोकेका कार्यप्रति, उसको संस्थाको लक्ष्यप्रति लोयल हुने कर्मचारी चाहिएको हो। मन्त्रीप्रति होइन’, उनले भने, ‘त्यसलैले हामीले मान्दैनौँ।’ थाहा खबर
