तीनकुने ध्वंशात्मक प्रदर्शनको क्षतिपूर्ति ज्ञानेन्द्रले तिर्नुपर्छ : समाजवादी मोर्चा

सेयर गर्नुहोस

काठमाडौं : गत शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनका क्रममा भएको क्षति पूर्वाराजा ज्ञानेन्द्र शाहसँग असुल गराउनुपर्नेमा समाजवादी मोर्चाले निर्णय गरेको छ।

आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले चैत १५ गतेको घटना नियोजित भएको र यसको सम्पूर्ण क्षतिपूर्ति पूर्वराजा शाहले बेहोर्नुपर्ने निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा ध्वंशात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीहरूले तीनकुनमा रहेको दुईवटा निजी घर, सञ्चारगृह, कोटेश्वरमा रहेको जडिबुटी कारखानामा तोडफोड र आगजनी गरेका थिए।

यसैगरी, एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि आगजनी गरेका थिए। यसैगरी, १४ वटाभन्दा बढी सार्वजनिक सवारीसाधनमा आगजनी गरेका थिए। कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा उनीहरूले लुटपाटसमेत गरेका थिए।

आन्दोलनको जनकमाण्डर भनेर तोकिएका दुर्गा प्रसाईंले त प्रहरीमाथि जथाभावी गाडी चलाएर हत्याको प्रयास गरेका थिए। उनी अहिले फरार रहेका छन् भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उपाध्यक्ष एवं प्रतिनिधिसभा सांसद धवलशमशेर राणा पक्राउ परेका छन्। उनीहरूविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएकाे छ। थाहा खबर

Facebook Comments Box