ओलीलाई प्रचण्डको प्रश्न : कतै राजासँग मिल्न खोजेको त होइन ?‘बयलगाडा सिद्धान्तको प्रतिपादक’

सेयर गर्नुहोस

काठमाडौँ : प्रमुख विपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राजासँग मिल्न खोजेको आशंका व्यक्त गरेका छन्। शुक्रवार समाजवादी मोर्चाद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै उनले उल्टोउल्टो बाटो हिँडिरहेको भन्दै ओलीमाथि यस्तो आशंका गरेका हुन्।

कुलमान घिसिङलाई बर्खास्त गर्नु, संसद्प्रति उत्तरदायी नहुनरलगायतलाई ओली राजासँग मिल्न खोजेको त होइन भन्ने आशंकामा बल पुगेको प्रचण्डको बुझाइ छ। उनले प्रधानमन्त्री ओलीलाई ‘बयलगाडा सिद्धान्तको प्रतिपादक’ भन्दै कटाक्ष गरे।

प्रचण्डको भनाइः–

सबै विपक्षी दलहरू मिलेर हामीले भन्यौँ, तपाईँहरूले हेर्नुभयो। कुलमानको विषय व्यक्तिको विषय होइन, कुशासन कि सुशासन भन्ने विषय हो।

प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ, चित्त बुझे हेरौँला, चित्त नबुझे आन्दोलन अझ अघि बढ्छ भनेका थियौंँ।

उहाँले लोकतन्त्रको र यो अहिलेको संविधानको मर्मअनुसार जवाफदेही हुनुपर्ने हो सदनप्रति तर प्रतिनिधिसभामा म जान्नँ, जवाफ दिन्नँ, जाँदैजान्नँ भनेपछि उहाँमा लोतकतन्त्रको, संविधानवादको प्रवृत्ति देखिएन। यो स्पष्ट भएपछि हामीले आन्दोलन अघि बढायौँ।

यसबाट बुझिन्छ कि हिजो पटक–पटक संसद विघटन गरेर सबै लोकतान्त्रिक परिवर्तनलाई सखाप पार्ने अनि अहिले यसरी उल्टोउल्टो काम गर्नुको अर्थ उहाँ राजावादीसँग मिल्या त होइन भन्ने गम्भीर प्रश्न उठेको छ।

उहाँ त बयलगाडा सिद्धान्तको प्रतिपादक हो। उहाँले गणतन्त्रवादी नै हो भन्ने पुष्टि गर्नुपर्छ। थाहा खबर

Facebook Comments Box