राजावादीको अराजकतापछि तीनकुने क्षेत्रमा कर्फ्यू

सेयर गर्नुहोस

काठमाडौं : काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू लगाइएको छ। राजावादी प्रदर्शनकारी अराजक बनेपछि काठमाडौं प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

राजावादी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि थप अप्रिय घटना हुन नदिन कर्फ्यू लगाइएको काठमाडौंका सहायक प्रजिअ अशोककुमार भण्डारीले थाहाखबरलाई जानकारी दिए ।

उनका अनुसार शान्तिनगर पुलदेखि जुडिबुटी, मनोहरा पुल, सिनामंगल–गौशलासम्म कर्फ्यू आदेश जारी गरिएको छ। थाहा खबर

Facebook Comments Box