चन्द्रौटा महोत्सवको दोस्रो दिन १५ लाखको करोबार , ५ हजार दर्शकद्धारा अवलोकन

सेयर गर्नुहोस

chandrauta-mahotsab-1

सनिउल्ला धोबी, कपिलवस्तु मंसीर ३
चन्द्रौटा तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको आज दोस्रो दिन भव्य रुपमा सम्पन्न भएको छ ।व्यापार संघ कपिलवस्तुले आयोजनामा गरेको महोत्सव मङसिर १२ गते सम्म चल्नेछ । महोत्सवको दोस्रो दिन १५ लाख बराबरको कारोबार भएको छ ५ हजार बढि दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव आयोजक व्यापार संघ कपिलवस्तुका महासचिव तथा महोत्सव सचिवालय संयोजक जगत पौडेलले जानकारी दिनु भएको छ ।

साथै भोली महोत्सवको तेस्रो दिन १५ हजार बढि दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ  ।महोत्सवलाई सव्य भव्य वनाउन आयोजक सुरक्षा कर्मि लगाएत खटिएका छन । कपिलवस्तुको बहादुरगन्जमा रहेको सर्पदंश उपचार केन्द्रलाई आर्थिक सहयोग र यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलहरुको प्रर्बद्धन गर्ने उद्धेश्यले चन्द्रौटामा महोत्सवको आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष महादेव पोख्रेलले जानकारी दिनुभयो ।
आज महोत्सवको दोस्रो दिन राष्ट्रिय तथा स्थानिय कलाकार हरु चर्चित गित भरिया दाइले विसाउने भारि का गाएक विष्णु खत्रि,आधुनिक तथा पप गाएक सुनिल गिरि हास्य कलाकार माइला वा हरि डान्स ग्रुप,छमछमि कला केन्द्र,भोजपुरि कलाकार को प्रस्तुति रहेको थियो ।
त्यस्तै महोत्सवको तेस्रो दिन भोली राष्ट्रिय तथा स्थानिय कलाकार हरु लोक तथा दोहेरी गायक खृमन अधिकारी आधृनिक गायक रुपक डोटेल हास्य कलाकार सन्दिप क्षेत्रि को बेजोड प्रस्तृती रहने संस्कृतिक संयोजक सापकोटाले वताउनु भयो । महोत्सवमा प्रवेश शुल्क रु ४० भए पनि अपाङ्ग, जेष्ठ नागरिक, र विद्यार्थीको लागि सहुलियत रु ३० दिएको सचिवालयले जनाएको छ ।

Facebook Comments Box