कुलमान बर्खास्तीबारे माओवादीः जलमाफियाहरूको स्वार्थ पूरा गर्न प्राधिकरण बिचौलियालाई सुम्पिने खेल

सेयर गर्नुहोस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिनको लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको आरोप लगाएको छ।

प्रतिनिधि सभाको बुधवारको बैठकको सुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले कुलमान घिसिङको बर्खास्ती बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई विचौलियाहरूको हातमा सुम्पिने भएको आरोप लगाए।

उनले वर्तमान सरकार स्वार्थ समूहको पृृष्ठपोषण र वैशाखीमा निर्माण भएकै कारण बिचौलियाको हित र रक्षाको निम्ति समर्पित भएको समेत टिप्पणी गरे। सरकारले आफ्नो दुई तिहाइको सामर्थ्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमानित गर्न प्रदर्शन गरिराखेको उनको आरोप छ।

सरकार एकपछि अर्को विवादित निर्णय गर्दै आफ्नो औचित्य गुमाउँदै गइरहेको उनको आरोप छ। थाहा खबर

Facebook Comments Box