अमेरिकाबाट निष्कासित १९९ आप्रवासी पुगे भेनेजुएला
एजेन्सी
संयुक्त राज्य अमेरिकाबाट निष्कासित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको छ। गृहमन्त्री डीओसडाडो काबेलोले यसबारे जानकारी दिएका हुन्।
‘आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौँ’, उनले भने, ‘हामी भेनेजुएलाका मानिस जहाँ भए पनि स्वागत गर्न तयार छौँ।’
प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवा राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ। तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए।
शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः शुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो। थाहा खबर
Facebook Comments Box
