मधेसका महिलाहरूलाई अवसर दिनुपर्छ : उपसभामुख राना

सेयर गर्नुहोस

काठमाडौं : उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरुलाई अवसर दिन जरुरी रहेको बताएकी छन्।

बिहीबार काठमाडौंमा मधेसी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताइन्। उनले जातीय कुराले मधेसमा केही समस्या बढाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गरिन्।

उनले मधेसमा छिटै विवाह गर्ने परम्परा रहेकाले त्यसलाई तोडेर आफ्नै खुट्टामा उभिनसक्ने भएपछि विवाह गर्नुपर्ने बताइन्। जातिको कुरा गर्नेलाई दण्ड दिनुपर्ने बताइन्।

उपसभामुख रानाले भनिन्, ‘आज मधेसका हरेक महिलालाई अपर्च्युनिटी दिनुपर्छ। अहिले पनि जातीय कुराले हामीलाई समस्या पारेको छ। मधेसमा जातको कारणले गर्दा मधेसमा छिटै बिहे गर्ने चलन छ। अहिले क्रिमिनलाइज भयो भन्नेछ। क्रिमिनलाइज हुन दिनुभएन। जसले जातिको कुरा गर्दछ, उसलाई दण्ड दिनुपर्छ। राम्रोसँग आयोगले, पुलिस प्रशासनले राम्रोसँग केयर गर्नुपर्छ।’

उपसभामुख रानाले मानवतामा प्रश्न चिन्ह आउने कुराहरु तोड्न जरुरी रहेको बताए। थाहा खबर

Facebook Comments Box