अहिलेका कुनै पार्टीले बहुमत ल्याउन सक्दैनन् : सभापति देउवा

सेयर गर्नुहोस

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताए। यसमा पार्टीको दोष नभई संविधान नै त्यस किसिमको रहेको बताए। यसलाई बुझेर कांग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको बताए।

उनले अहिलेको संविधान धेरै राम्रो रहेको बताए। उनले समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नुपर्ने बताए।

सभापति देउवाले भने, ‘अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ। यसमा समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान छ। यस संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ। त्यसकारण कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ। त्यसैले हाम्रो पार्टीले मेहनतका बाबजुत सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ। तर बहुमत ल्याउन सकेको छैन। पार्टीको दोषभन्दा पनि संविधान नै यस्तो किसिमको छ। धेरै कारण छन्। यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ।’

सभापति देउवाले नेपालको गाउँपालिकाहरूमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताए। महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताए। महिलाले अधिकारका लागि मात्रै नभई जिम्मेवारीसाथ काम गर्नुपर्ने बताए। थाहा खबर

Facebook Comments Box