युवाहरुलाई एक दिने अभिमुखिकरण तालिम
कपिलवस्तु टाइम्स ,कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा युवाहरुलाई दिगो विकासका लक्ष्यहरुको बारेमा दिने तलिम तौलिहवाको गौतम बुद्ध होटेलमा सम्पन्न भएको छ ।
यूएनएफपिएको सहयोग तथा जिल्ला विकास समितिको अयोजनामा चलेको तलिममा जिल्ला भरिका २५ जनायुवाहरुको सहभागिता रहेको छ । जिल्लाविकास समितिका निमित्त स्थानिय विकास अधिकारी राजेन्द्र के.सी.को अध्यक्षता, जिल्लायुवा संञ्जालका अध्यक्ष दिलिपकुमार यादवको प्रमुख अतिथ्याता, प्रशिक्षक रामकिसान पराजुली, जिल्लाविकास समितिका सुचनाअधिकृत राजनपोख्रेल, विनोद त्रिपाठी, यूएनएफपिएका चित्रमहतो लयागतको उपास्थिति रहेको थियो । उद्घाटन सत्र पछि कार्यक्रममा दिगो विकासका लक्ष्यहरुको बारेमा प्रशिक्षाण गराईएको छ । कार्यक्रममा जिल्लायुवा सञ्जालका सदस्य, रेडियोका कार्मचारी, विभिन्न युवाक्लबका सदस्यहरु बिशेष सहभागिता रहेको थियो ।
