कफी विकास बोर्डको कार्यकारीमा पाण्डे, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं : सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा फाइन्द्रराज पाण्डेलाई नियुक्त गरेको छ।
फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो। बैठकका निर्णय सुनाउँदै बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहविच रोयल्टी बाँडफाँटका आधार विधि र हिस्सा स्वीकृत गरेको छ। भागीरथी भट्टराई (ज्ञवाली), काठमाडौंलाई विद्युत नियमन आयोगको सदस्य पदमा नियुक्त गर्ने र रेट एनालाइसिस नर्म्स फर वर्क २०८१ स्वीकृत गर्ने निर्णय गरेको समेत बताए। थाहा खबर
Facebook Comments Box