उनी हुन वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रमुख सुजन शाह

सेयर गर्नुहोस

अनुहारले रव्वाफमा देखिए तापनि मनले सहज सालीन प्रहरी निरिक्षक सुजन शाह गाउँ घरका झैं झगडा लगायत मुद्दा मामिला पनि सहजताका साथ दुईपक्षलाई नै सहन नहुनेगरि सहमतिय वातावरण निर्माण गर्न सिपालु हुनुहुन्छ ।
एकदिन एउटा घटनाका कारण म पनि वडा प्रहरी कार्यालय चन्द्राैटा पुगेकाे थिएं , वहांसंग थाेरै चिनजान थियाे । तुरुन्त रेसपन्स गर्नुभयो – भाइ के छ ? खासै छैन सर एउटा घटना थियाे त्यसै सम्बन्धमा माैका जुर्याे तपाइसंग भेटघाटकाे पनि ।
बसाल्नु भाे चिया खान साेध्नुभाे , मैले हस भने लगात्तै शिवराज नगरपालिका वडा १० काे एउटा झैं झगडा र जग्गा सम्बन्धि विवादकाे घटना पुग्याे । कुनैपनि घटनामा नगरपालिका र न्यायिक समिति समेत चासाे लिनुपर्नेमा उदाशिन देखिएका कारण अधिकांश सर्वसाधारण मुद्दा हाल्न अदालत पुग्छन कि प्रहरीकाेमा पुग्छन न्यायकाे आशामा । साे घटनामा पनि अदालत नापी सबै ठाउँ धाएर पुन: प्रहरीकाेमा पुगेछन दुवै पक्ष । निरिक्षक शाहकाे बाेलि पहिला त मलाई कडै छन कि लाग्याे पछि त्याे घटना सडकमा जग्गा जाने विवादकाे थियाे ,अदालत नापी पनि पुगिसकेकाे थियाे आफ्नाे स्वाभाव र गहकिला विश्लेषणले सहजिकरण गरि दुवैपक्षलाई सहमति गराएर पठाउनुभयाे पछि पनि आवश्यकता परे घटनास्थलमै पुगेर समाधान गर्ने प्रतिवद्धतासमेत गर्नुभयाे ।

नेपाल प्रहरीमा अफिसर धेरै छन उच्च ओहदामा पनि पुग्छन तर सर्वसाधारणकाे समस्या सजिलै सुनिदिने , सहजिकरण गरिदिने हाे भने प्रहरीप्रतिकाे सकारात्मकताले स्थान पाउंछ जुन प्रहरी निरिक्षक शाहले चन्द्राैटा क्षेत्र वरपरका सर्वसाधारणका लागि गर्दै आउनुभएकाे साे एक घण्टाकाे भेटघाटबाट मैले बुझें ।

  • अँकुश श्रीवास्तव

Facebook Comments Box