कपिलवस्तु की महिला अभियन्ता दिल्लीमा सम्मानित

कपिलबस्तु , माघ ६ । जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे बहादरगंजकी एक जना महिला अभियन्ता दिल्लीमा सम्मानित हुनुभएकाे छ।
लायंस क्लब दिल्ली वेज ले महिलाहरुलाई सशक्त बनाई तिनका संघर्ष र उपलब्धि पहिचानका उद्देश्यले दिल्ली मै एउटा कार्यक्रम अायाेजना गरेकाे थियाे । लायंस क्लब ले १८ जनवरी मा दिल्ली काे हंसराज कॉलेज सभाहलमा महिला प्रतिष्ठा पुरस्कार २०२१काे कार्यक्रममा कृष्णनगर नगरपालिका काे बहादुरगंज घर भइ हाल काठमाडौं बस्दै अाउनु भएकी लिडिङ वुमेन एसनेसिएसन नेपालकी चेयरमेन जानकी प्रधान श्रेष्ठ सम्मानित हुनुभएकाे छ ।
भारत का प्रमुख इमाम डा. इमाम उमर अहमद इलियासी एवं आचार्य डा. लोकेंद्र मुनि काे उपस्थितिमा आयोजित कार्यक्रमका मुख्य अतिथि राजदूत इक्वाडोर महामहिम हेक्टर कुएवा जैकोम, अथितिगण कोमोरोस यूनियन का मानद काउंसिल जनरल के एल गंजू , घाना काे ट्रेड काउंसिल मिस्टर अर्नेस्ट नाना एजजेई, रूसी दूतावास का शिक्षा परिषदका आर्टिम काे पनि उपस्थिति थियाे । भने विशिष्ट अतिथिमा अभिनेता आशिम खेतरपाल, अभिनेता एवं एंकर अभिनव चतुर्वेदी उपस्थितिले कार्यक्रम झन सफल भएकाे नेपालबाट प्रतिनिधित्व गर्न पुगेका शैलेष प्रताप शाहले बताउनुभयाे ।
नई दिल्लीमा अायाेजित महिला सशक्तीकरण तथा संघर्ष बिषयककाे कार्यक्रममा पुरस्कृत भई क्षेत्रकाे सम्मान बढाउनुभएकाे जानकी प्रधान श्रेष्ठलाई कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाह , कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाह , समाजसेवी शैलेष प्रताप शाहलगायतले शुभकामना तथा बधाई दिनुभएकाे छ ।
