प्रधानमन्त्रीले फागुन २७ गते कोशी प्रदेश सभामा सम्बोधन गर्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते मंगलबार कोशी प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्।
प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको तयारीका लागि प्रदेश सभालाई आग्रह समेत गरेको छ।
बैठकले कडा रोग लागेका बिरामीका लागि सहयोग रकम वितरण गर्ने निर्णय पनि गरेको छ। ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्दै बिरामीलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ शहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने समेत निर्णय गरेको छ। थाहा खबर
Facebook Comments Box
