१४ बैशाख २०८१, शुक्रबार

नेपाल भारत मैत्री कप क्रिकेटको उपाधि पैकीलाई (फोटो फिचर

प्रिन्स मिश्रा , कृष्णनगर कपिलवस्तु

युवा अमन सामजिक विकास केन्द्रको आयोजनामा भएको नेपाल भारत मैत्री कप क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थनगर पैकीले हाथ पारेको छ । युवा अमन सामाजिक विकास केंद्रको आयोजनामा सम्पन्न प्रतियोगिताको फाईनलमा बहादुरगंजलाई पराजित गर्दैै पैकी सिद्धार्थनगर विजेता बनेको हो।
टस हारेर ब्याटिङ सम्हालेको बहादुरगंज टीमले १५ ओभरमा आल आउट भएर ८९ रनको लक्ष्य दिएको थियो ।
सिद्धार्थनागर पैकीले लक्ष्य भेटाउन ७ बीकेटको क्षतीमा उपाधि हाथ परेको थियो l

सिद्धार्थनगरले प्रथम विजेता नगद २५ हजार शिल्ड र मेडल जितेको हो । टुनामेन्टको उपविजेता बहादुरगंजले १५ हजार शिल्ड र मेडल पाएको हो ।

कार्यक्रममा जसपाका केन्द्रिय सदस्य तथा पुर्व कृषि मन्त्री अकवाल अहमद शाह, बहादुरगंजका समाजसेवी शिव प्रसाद जयसवाल, इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक धर्मराज भण्डारी, शिव पुजन यादव, अतिकुर रहमान, राम लौटन यादव,जसपाका युवा संघका नेता शाह नवाब लगायतको सहभागीता रहेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट