देश बनाउने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालय शिक्षा गुणस्तरीय हुनुपर्छ : मुख्यमन्त्री

सेयर गर्नुहोस

सुनसरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

आज धरान उपमहानगरपालिका–१५ स्थित शिक्षा सदन माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले मुलुक निर्माण गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शिक्षा पनि गुणस्तरीय हुनुपर्ने बताए।

“सार्वजनिक विद्यालयले थप मेहनत गरी निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ”, उनले भने। शिक्षा देश विकासको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै उनले शिक्षा सदन स्कुलले यस क्षेत्रको शिक्षाको विकासमा पुर्‍याएको योगदानको प्रसंशा गरे। थाहा खबर

Facebook Comments Box