५ जेष्ठ २०८१, शनिबार

कपिलबस्तुमा बीउबीजन र खाद समस्या छिटै समाधान हुने : कृषिमन्त्री चौधरी

kici-minअंकुश श्रीवास्तव

 कपिलबस्तु ,मंसिर ३ । जिल्लामा रहेको बीउबीजन र खादको समस्या छिटै समाधान हुने कार्यकर्ता भेलामा कृषिमन्त्रीले अश्वासन दिएका छन ।
“चन्द्रौटा तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” को उद्घाटन समारोहलाई सम्बोधन गरि आफ्ना कार्यकर्ताद्वारा बहादुरगंजमा राखिएको चियापान कार्यक्रममा पुगेका कृषिमन्त्री गौरीशंकर चौधरीले कपिलवस्तु जिल्लामा व्याप्त बीउबीजन र खाद समास्याको समाधान छिटै हुने अश्वासन दिएका छन । सिचाई र कृषि मन्त्रालय अलग अलग भएकाले काम गर्न केही कठिनाई भएको बताउदै सिचाई र कृषि उत्पादनका काम एउटै मन्त्रालयबाट हुनसके काम गर्न सहज हुने कृषिमन्त्री चौधरीको भनाई रहेको छ ।
            सो सन्दर्भमा निर्वतमान गाविस अध्यक्ष तथा माओबादीका केन्द्रीय सल्लाहकार शिवप्रसाद जयसवालले विगतका बर्षमा सुखाग्रस्त भएको कपिलवस्तु जिल्लालाई राप्ती नदीबाट सुरई खोलालाई जोडेर यस जिल्लाका पश्चिमी बहादुरगंज,अजिगरा, पत्थरदेइया, पुरुषोत्तमपुर लगायतका गाबिसहरुमा सिचाईंको व्यवस्थापन ,नहर निर्माणका तथा किसानका लागि बीमा व्यवस्थाका लागि मन्त्रालयबाट नै अवाश्यक पहल गरिदिन मन्त्री चौधरीसंग आग्रह गरेका थिए । साथै उनले जिल्लाका पश्चिमबाटै हुलाकी सडक निर्माण गर्न सुझाव दिदै ,बाणिज्य बैंक पुर्नस्थापन तथा माओबादीको मुख्य एजेन्डा चकलाबन्दी एवं बैज्ञानिक नापी कार्यक्रमलाई अघि बढाउन ध्यानाकर्षण गराए । करोडौंका बजेट सकिएको सायरबांध सिचाई परियोजनाबाट अहिलेसम्म पनि किसानले प्रत्यक्ष फाइदा नपाएको गुनासो गरी यसको छानबीन गर्न पनि माग गरे ।
                त्यसतै कृषि सामग्री संस्थान बहादुरगंजमा कर्मचारीको अभावका कारण भारतीय खाद र बीउमाथि निर्भर त्यस अन्र्तगतका गाबिसका किसानहरुलाई हुदै आएको समास्यालाई इंगित गर्दै खाद व्यावस्थापन समितिका रवि उपाध्यायको प्रश्नको उत्तर दिदै मन्त्री चौधरीले यस समास्यालाई एक हप्ता भित्रै सुल्झाउने तथा बीउबीजन पनि छिटै व्यावस्थित गर्ने प्रतिबद्वता गरे ।
उक्त चियापान कार्यक्रममा माओबादी कार्यकर्ता स्थानीय किसान अगुवा तथा सहकारीका पदाधिकारीहरुको उपस्थिति थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट