कटारी गोल्डकप : उपाधिका लागि आज स्पर्धा हुँदै

कटारी : यही फागुन १० गतेदेखि यहाँ जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ।
यहाँको टाईगर फिल्डमा आज अपराह्न हुने फाइनल खेलमा उपाधिका लागि काठमाडौँको च्याम्पियन ब्वाइज र सिरहाको सहलेस युथक्लब भिड्दै छन्।
गत बिहीबार भएको सेमिफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै सहलेसले फाइनलयात्रा तय गरेको हो। यसैगरी बुधबारको खेलमा धरानको एनएस फुटबल क्लबलाई ४-२ ले हराएर च्याम्पियन ब्वाइज फाइनलमा पुगेको हो।
उपाधि जित्ने टोलीलाई पदक र प्रमाणपत्रसहित तीन लाख तथा उपविजेतालाई एक लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने छ। प्रतियोगितामा स्वदेशी सात र भुटानको एकसहित आठ टोलीले भाग लिएका थिए। थाहा खबर
Facebook Comments Box