रुकुम पश्चिममा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप , प्रहरीद्वारा हवाइ फायर
डीएसपी श्रेष्ठका अनुसार दुवै पार्टीका कार्यकर्ताबीच सोमबार बेलुकी झड्प भएको थियो। सोमबार सहमति गरे पनि मंगलबार बिहानैदेखि पुनः झडप सुरु भएको थियो।
उनले घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए । उनले ५ बजेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको समेत जानकारी दिए । झडपमा ९ नम्बर वडाका वडाध्यक्ष तारकबहादुर शाही र ३ प्रहरी गरि ४ जना घाइते भएका छन् ।
Facebook Comments Box
