काठमाडौं उत्सवः कविहरूले गुन्गुनाए कविता

सेयर गर्नुहोस

काठमाडौं : कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव शुरु भएको छ। शुक्रबार काठमाडौंको पर्यटन बोर्डमा उत्सव शुरु भएको हो।

राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव शुरु भएको हो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ साहित्यकार वैरागी काईंला, अनुप बराल लगायतका साहित्यकारहरुको उपस्थिति रहेको छ।

उत्सवले साहित्य,सम्पदा, सभ्यता, पहिचानलाई उजागर गरी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ। यस किसिमका उत्सवहरु देशका विभिन्न कुना कन्दराहरुमा पनि हुन जरुरी रहेको साहित्यकारहरुको भनाइ छ। सो अवसरमा साहित्यकारहरुले आफ्ना सिर्जना वाचन गरेर सुनाएका थिए।

साहित्यकारहरुले साहित्यमार्फत देशको संस्कार, संस्कृति, सभ्यता, पहिचानलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताए। थाहा खबर

Facebook Comments Box