कपिलवस्तुमा चन्द्रौटा तेश्रो महोत्सव आज देखी सुरु ।। कृषि मन्त्रि चौधरीद्धारा मेलाको उदघाटन
सनिउल्ला धोबी, कपिलवस्तु मंसीर २
कृषि मन्त्री गौरी शंकर चौधरीले सरकारले कृषी संग सम्वन्धीत महत्वपुर्ण कार्ययोजना वनाएर काम गर्न सुरु गरेकाले १० वर्ष भित्रमा आत्म निर्भर हुने विश्वास व्यतm गर्नु भयो । कृषि र सिचाई मन्त्रालय अलग अलग भएकाले काम गर्न केहि अप्ठारो भएको भन्दै कृषि सम्वन्धी काम र सिचाई सम्वन्धी काम एकै मन्त्रालय वाट हुन सके सिचाई र कृषि सम्वन्धी सम्स्या समाधान हुने वताउनु भयो मन्त्रि चौधरीले कपिलवस्तु धान र गहु उत्पादनमा सक्षम जिल्ला भएकाले कपिलवस्तुमा पनि विषेश कार्यक्रम लागु गर्ने तयारी रहेको वताउनु भयो ।
हालै सरकारले प्रत्येक प्रदेशमा सुपर जोन कृषी कार्यक्रम गर्ने निर्णय गरेकाले यस वाट आधुनिक कृषि प्रणाली मार्फत उत्पादनमा वृद्धि हुने वताउनु भयो । एक फरक प्रसंगमा मन्त्रि चौधरीले स्थानिय, प्रदेसिय र संसदीय निर्वाचन सम्पन्न गर्नको लागी सवै असन्तुष्ट पक्षलाई मिलाउनुको विकल्प नभएको भन्दै संविधान संसोधन हुन आवश्यक भएको वताउनु भयो ।
स्थानिय कृषकको सुविधाको लागी स्थानिय स्तरमा कोल्ड स्टोर आवश्यक हुने भएकाले कोल्ड स्टोर स्थापना गर्न चाहाने व्यतmीलाई सरकारले ५ वर्ष सम्मको लागी निरव्याज मा त्रटण उपलव्ध गराउने वताउनु भएको छ ।
कपिलवस्तुको चन्द्रौटामा आज देखि सन्चालन भएको चन्द्रौटा तेश्रो कृषि पर्यटन तथा औधोगीग व्यापार महोत्सको समुदघाटन गर्दै मन्त्रि चौधरीले कृषिकलाई व्यस्थीत तरिकाले खेति गर्न आग्रह गर्नुभयो । कपिलवस्तको बहादुरगन्जमा रहेको सर्पदंश उपचार केन्द्रलाई आर्थिक सहयोग र यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलहरुको प्रर्बद्धन गरिने उद्धेश्यले कपिलवस्तुको चन्द्रौटामा आज देखि महोत्सव सुरु भएको छ । कृषि मन्त्रि गौरी संकर चौधरीले महोत्सवको भव्य रुपमा समुदघाटन गर्नु भएको छ ।
। कपिलवस्तुको चन्द्रौटामा आज देखि १२ गतेसम्म “चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” को आयोजना गरिएको आयोजकले वताएको छ । “कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मूल नारासहित पोर्सी २ गते महोत्सवको उदघाटन भएको छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । स्थानीय तहमा उत्पादन भएका कृषिजन्य बस्तु तरकारी, फलफूल, माछा लगायतका व्यवसायलाई मुख्य सहुलियतका साथ स्टल उपलब्ध गराएको आयोजकको भनाई छ । स्थानीय कृषकहरुले उत्पादन गरेका वस्तु, हस्तकला, कुटिर उद्योग, व्यापार व्यवसाय, महिला उद्यमको बजारीकरण, विकास र प्रबद्र्धन गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको छ । यसका साथै विद्यालयका बालबालिका र शिक्षकहरुद्वारा निर्मित शैक्षिक प्रदर्शनी तथा शैैक्षिक परामर्श पनि दर्शकको आकर्षणको केन्द्र वनेको छ ।
। यस्तै बालउद्यान, झुला, मौतका कुँवा, रोटेपिङ लगायतको अधिकास नया मनोरन्जका सामाग्री संचालनमा ल्याइएको छ ।