१३ बैशाख २०८१, बिहीबार

सेवा बिस्तार गर्दै कपिलवस्तु अस्पताल :१० आईसियु संचालनको तयारी

कपिलवस्तु ।  सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालले सेवा बिस्तार गर्दै ४ भेन्टीलेर सहीत १० आईसिय ुबेड सहीतका कक्षा संचालनको तयारी गरेको छ । २०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले भौतिक, मानीवय स्रोत, साधन र सेवामा फडेको मारेको छ । अस्पतालले बिषेज्ञष सहीतका डाक्टररु बढाउदै लगेको छ । अहिले अस्पतालमा २५ बढी डाक्टरहरु छन । तौलिहवा अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको छ ।

अस्पतालका क्लिनीकल कोडिनेटर डाक्टर गणेश क्षेत्रीले १० बेडको आईसियु संचालनको अन्तिम तयारीमा रहेको बताए । उनले अहिले अस्पतालमा ५० बढी बेड संचालनमा रहेको बताए । ८ बिशेषज्ञ, २ डेन्टल सर्जन, ११ मेडीकल अधिकृत र १ जना एमडि रेजीडेन्ट लगायत गरी २५ जना डाक्टरहरु अस्पतालमा सेवाकालागि उपलब्ध छन । नेत्र रोग, बाल रोगको बिशेषज्ञ सेवा समेत संचालनको तयारी गरिएको छ । प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरी बनाइएको छ । यस्तै अप्रशेन थिएटर ४ वटा संचालन गर्ने तयारी गरिएको छ ।

ब्लड बैक अन्ट्रासाउन्ड मेशीन २ वटा संचालन गरिने छ । सामाजिक सेवा ईकाईहरु लैगिीक हिसा सेवा र नवजात शिशु स्हार केन्द्र समेत संचालन गरिनेछ । आख। फिजियो थेरापी, नाक, कान घाटी र डाईलासिस सेवा संचालन गर्ने तयारी रहेको मेडिलक सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए । हाईड्रोशील, हर्निया, ऐपेन्डीसाइटिस, ल्याप्रेटोपी सेवा समेत यस अघि नै अस्पतालमा संचालन भईसकेको छ । १२ करोकडो लागतमा ढेब बषै देखि अस्पताल आफनो भवनमा संचालनमा आए पछि कपिलवस्तु कै सबै भन्दा सुबिधासंपन्न अस्पताल भएको मेसु बन्जाडेले बताए ।

हामीले अस्पतालको सेवा सुबिधा बृद्धिकालागि धेरै पलह गरको छौ ’ बन्जाडेल भने ‘ ‘ अहिले अस्पतालको अवस्थामा धेरै सुधार आईसकेको छ, बिरामीहरुले यहीबाट थुप्र्रै सेवाहरु पाउने गरेका छन ’ उनले भने । महिला अधिकारकर्मी माधुरी श्रेष्ठले अहिले अस्पतालको अवस्थामा धेरै नै सुधार आएको बताईन । ‘ दरबन्दी भन्दा बढी डाक्टर छन, सुबिधा संपन्न बनीरहेका छ, मेशीन औचार पनि धमाधम आएका छन ’ उनले भनिन ‘ अब बिरामीहरुको उपचारमा निकै सजिलो हुन्छ ’ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट