बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !

सेयर गर्नुहोस

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

केही बेरअघि सामाजिक सञ्जालमा लेखेर उनले विश्वजगतमा नेपाल र नेपालीको पहिचान धुमिल हुन लागेको भन्दै स्वाभिमानपूर्वक बाँच्न दिन आग्रह गरेका हुन्।

‘प्यारो प्रधानमन्त्रीज्यू’ भनेर सम्बोधन गरेर उनले नेपाललाई अमेरिकाले भ्रष्ट, भारतले भिखारी भनेको र चीनले गन्नै छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले आफूलाई महानगरपालिकाकाो मेयर भनेर बिर्सिन र नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीलाई भनेका छन्। थाहा खबर

Facebook Comments Box